logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख नजिक 

    बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख नजिक 

    4.4K
    Shares

    लण्डन माघ १२ ।  बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ ।आइतबार सार्वजनिक गरिएको  तथ्याङ्कअनुसार बेलायतमा कोरोना भाइरसका कारण ज्यान जाने नागरिकको संख्या ९७ हजार ९३९ पुगेको बताइएको हो ।

    बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले आइतबार सो तथ्याङ्क सार्वजनिक गरेको समाचारमा जनाइएको छ ।उक्त विभागका अनुुसार पछिल्लो जानकारीमा बेलायतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्यामा भने अघिका केही दिनहरुका तुलनामा केही कमी आएको बताइएको छ ।
    तीन दिनमात्र अघि बेलायतमा एकै दिन कोरोनाका कारण कम्तीमा पनि १ हजार ८०० जनाको ज्यान गएको बताइएको थियो ।

    तर त्यसपछिका दिनमा घट्दै गएको यो मृत्युको संख्या अघिल्ला दिनहरुको तुलनामा निकै नै कमी आएको हो । बेलायतमा आइतबार थप ६१० जना कोरोना सङ्क्रमितको मृत्यु भएको सो विभागले जानकारी दिएको छ ।अघिल्लो दिनमात्र बेलायतमा ९ सयभन्दा बढीको ज्यान गएको थियो । तर  विभिन्न अस्पतालमा सङ्क्रमितको संख्या भने पहिलेका हप्ताको तुलनामा पछिल्ला हप्ताहरुमा निकै बढेको बताइएको छ ।

    यसका साथै सो विभागले आइतबार दिएको जानकारीमा बेलायतमा कोरोना संक्रमितहरुको संख्यामा पनि केही दिनयता कमी आएको जनाएको छ ।आइतबार सम्ममा त्यसको २४ घन्टा अघिको तुलनामा यहाँका ३० हजार ४ जना नयां सङक्रमित थपिएका छन् । यो सँगै बेलायतमा संक्रमितको संख्या ३६ लाख ४७ हजार ४६३ पुगेको छ ।

    साथै कोरोना सङ्क्रमणका कारण भेन्टिलेटर बेडमा रहेका बिरामीको संख्या पनि चार हजार नाघेको छ ।उता बेलायतमा खोप दिने क्रम पनि शुरु भएको छ । हालसम्म बेलायतमा ६० लाखभन्दा बढी नागरिकले खोप लगाइसकेका बताइएको छ ।यसरी एकातर्फ यहाँ खोप दिने क्रम जारी नै छ भने अर्कातर्फ बेलायतबाट निस्किएको नयाँ प्रजातिाको भाइरसको सङ्क्रमण पनि दिन प्रतिदिन बढ्दो मात्रामा रहेको पाइएको छ । रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend