काठमाडौं । काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ ।
माघ १६ गते हरेक वर्ष शहीद दिवस मनाउने गरिन्छ । आज शहीदहरुको स्मरणमा लैनचौरमा शहीदहरुको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ ।
सोही अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी रहेको बताइन ।
उनले शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग सबै एक हुनुपर्ने बताइन् । उनले भनिन, ‘शहीदहरुले देख्नुभएको सपना र त्यो सपना पूरा गर्न वास्तविक रुपमा शहीदहरुको सपना पूरा गर्नका लागि एकै स्थानमा उभिएर हरेक तहका शासन व्यवस्थाको नेतृत्व उभिनुपर्ने अवस्था आएको छ । त्यसका लागि सम्पूर्ण नेतृत्वदायी भुमिका निभाइरहनुभएको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु ।’
माघ १० गतेदेखि काठमाडौं महानगरपालिकाले शहीद सप्ताह मनाइरहेको छ ।