logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारत र चीनको सैनिकबीच सिक्किमको सीमाना नजिक झडप 

    भारत र चीनको सैनिकबीच सिक्किमको सीमाना नजिक झडप 

    3.5K
    Shares

    काठमाडौं । भारत र चीनको सैनिकबीच सिक्किमको सीमा नजिक झडप भएको छ । झडपको पुष्टि भारतीय सेनाले गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । 

    भारतीय सेनाले आफ्नो बयानमा भनेको छ ‘उत्तर सिक्किमको नाकुला इलाकामा २० जनावरीमा भारतीय सेना र पीपुल्स लिबरेशन आर्मीबीच सामान्य झडप भएको छ । यो मामला स्थानीय कमाण्डरहरुको नियमानुसार सुल्झाइ सकिएको छ ।’ 

    यसअघि समाचार एजेन्सी एएफपीले भारतीय मिडियामा छापिएको रिपोर्टको हवाला दिएर झडपमा २ पक्षका सैनिक घायल भएको बताएको थियो । 

    उत्तरी सिक्किमको नाकुला सीमामा चिनिया सैनिक भारतीय सीमातर्फ आएपछि विवाद सिर्जना भएको थियो । 

    भारतीय मिडियामा प्रकाशित समाचार अनुसार झडपमा करिब २० चिनिया सैनिक घायल भएको र चार जना भारतीय सैनिक घायल भएको बताइएको छ । तर चिनिया सरकार समर्थित न्युज वेबसाइट ग्लोबल टाइम्सले भने भारतीय मिडियामा आएको रिपोर्ट झुठो भएको बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend