logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • श्रीलङ्कामा भारतीय र रूसी खोपले पायाे अनुमति

    श्रीलङ्कामा भारतीय र रूसी खोपले पायाे अनुमति

    3.4K
    Shares

    काठमाडाैं । श्रीलङ्काको सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिएकाे छ ।

    श्रीलङ्काको पत्रिका द मर्निङले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार राष्ट्रिय औषधि अनुगमन प्राधिकरण (एनएमआरए)ले दुवै खोप प्रयोगका लागि उपयुक्त रहेको निश्कर्षसहित अनुमति दिने निर्णय गरेको हाे ।

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कमल जयसिंघेले कोभ्याक्सीनलाई अनुमति दिने सिफारिस यही जनवरी २२ मा गरिएकाे र त्यसपछि स्पुतनिक–भीलाई अनुमति दिन सिफारिस गरिएको जानकारी दिए ।

    श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापक्षेले यस हप्ताको अन्त्यसम्ममा भारतमा बनाइएको खोप श्रीलङ्का आइपुग्ने बताए । श्रीलङ्काले पहिलो चरणमा छ लाख खोप ल्याउने र लगाइदिने तयारी गरेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

    खोप लगाउनका लागि  सबैभन्दा पहिला अग्रपङ्क्तिमा खटिएकाहरूलाई प्राथमिकता दिइने भएको छ भने त्यसपछि क्रमशः लगाउनेहरूको प्राथमिकता क्रम पनि निर्धारण गरिएको छ । श्रीलङ्कामा अरु देशको तुलनामा धेरै पछाडि कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिइएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend