logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • शितलहर र चिसोले जनकपुरवासीको जनजीवन प्रभावित, उडान ठप्प

    शितलहर र चिसोले जनकपुरवासीको जनजीवन प्रभावित, उडान ठप्प

    217
    Shares
    शितलहर र चिसोले जनकपुरवासीको जनजीवन प्रभावित, उडान ठप्प

    काठमाडौं । मधेस प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरुमा शितलहरका कारण जनजीवन प्रभावित बनेको छ ।

    एकाएक चलेको चिसो हावा र गतराती शितको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको हो । अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजिवन ठप्प छ ।

    दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन बिहान १० बजेसम्म ठप्प नै हुन्छ । हुस्सु दिउँसो मात्रै खुल्ने गरेको स्थानीयहरु बताउँछन् । चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या छ ।

    अहिलेको मौसमले बालबालिकाहरुलाई बढी असर गरिरहेको स्थानीयको भनाइ छ । केही दिनपछि मौसम खुल्ने अनुमान गरिएको स्थानीय बताउँछन् । बाक्लो हुस्सुरकुहिरोका कारण जनकपुरमा विमानहरुले उडान भर्न सकेको छैन ।

    स्थानियहरु आगो तापेर तथा ग्रामिन भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जसका कारण आगोमा पोल्ने दुर्घटनाको पनि जोखिम छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend