logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • उमेर अगावै चाउरीपन देखिने कारण र रोकथामका उपाय

    उमेर अगावै चाउरीपन देखिने कारण र रोकथामका उपाय

    4.6K
    Shares

    काठमाडौं । उमेर नपुगि अनुहारमा देखिएका चाउरीपनले युवा पुस्ता चिन्तित देखिन गरेका छन् । आफ्नो उमेर भन्दा अलिकति बुढो देखिनु वा अनुहारमा चाउरीपन देखिनुलाई प्रिमेच्युर एजिङ भन्ने गरिन्छ । यसमा बंशाणुगत गुणको पनि भूमिका रहेको हुन्छ । आन्तरिक र बाह्य तत्वको कारण उमेर नपुगि चाउरीपन देखिने गर्दछ ।

    व्यक्तिको चिन्ता, खानपानको तरीका र लाइफ स्टाइले पनि छिटो चाउरीपन देखिने गर्दछ । त्यस्तै चाउरीपन देखिनुको अर्को कारण हो सनस्क्रिनको प्रयोग विनै घाममा हिँड्नु । स्किनको हेरचाहमा गलत तरीका अपनाउनु, धुम्रपान र मद्यपान गर्नेहरुमा पनि उमेर नपुगि चाउरीपन देखिने गर्दछ । 

    – चाउरीपनलाई कम गर्नका लागि हामीले केचप, बार्बिक्यूव सस जस्ता खानेको सेवन रोक्नुपर्दछ । 
    – दूधबाट बनेका परिकार पनि स्किनका लागि हानिकारक हुन्छ । त्यस्तै हेल्दी स्किनका लागि ब्रेड, पास्ता, केक जस्ता खानेकुरा पनि नखाएकै राम्रो मानिन्छ । 
    – त्यस्तै धेरै गुलियो खानेकुराहरुको निरन्तर सेवनले पनि छिटो बुढो देखिने समस्या निम्त्याउँछ । 
    के खाने
    – ब्लु बेरिज, स्ट्रबेरिज, ग्रिन टी को सेवन स्किनको लागि लाभदायक मानिन्छ । ग्रिन टीले स्किनलाई हाइड्रट राख्ने काम गर्छ । फरक फरक किसिमको फलफूलको सेवनले पनि चाउरीपन कम गर्दछ ।
    डा.जेबिना लामा, छाला रोग विशेषज्ञ 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend