२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

तनहुँ जलविद्युत् आयोजनाका प्रभावित १०१ परिवारलाई क्षतिपूर्ति वितरण

शुक्रवार , माघ १८, २०८१

दमौली । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।

आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक सय एक परिवारलाई रकम प्रदान गरिएको हो ।

क्षतिपूर्ति रकम अधिकतम तीन लाख र न्यूनतम १० हजार प्रदान गरिएको उनले बताए ।

आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको छ । आयोजनाप्रमुख भण्डारीले भने, “बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा ड्रिलिङ, कङ्क्रिटिङको काम जारी छ ।”

यो पनि : 

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण

कुलमानले गरे तनहुँ जलविद्युत् आयोजनाको अनुगमन, कति सकियो काम ?

१४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाको काम ५८ प्रतिशत सकियो

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट