logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • गणतन्त्र दिवसका दिन भारतमा किसान आन्दोलनमाथि दमन

    गणतन्त्र दिवसका दिन भारतमा किसान आन्दोलनमाथि दमन

    3.8K
    Shares

    नयाँ दिल्ली ।गणतन्त्र दिवसको अवसरमा भारतको राजधानी दिल्ली प्रवेश गर्न खोज्ने आन्दोलनरत किसानहरूमाथि प्रहरीले दमन गरेको छ । 
    दशौँ हजारको सङ्ख्यामा ट्याक्टर्र यालीमा सहभागी हुँदै बजारमैत्री व्यवस्थाको विरोध गरिरहेका किसानहरुमाथि प्रहरीले दमन गरेको हो ।केही स्थानमा आन्दोलनरत किसानहरु  प्रहरीले खुला राखेका बाटो छोडेर बन्द गरेका बाटोमा प्रवेश गरेका बताइएको छ ।
    भारतमा महिनौँदेखि किसानहरूको सरकारको नीतिको विरोधमा आन्दोलन गरिरहेका छन्।् । 
    सरकारले १८ महिनाका लागि उनीहरूले विरोध गरिरहेका कानुनहरू लागु नगर्ने बताए पनि उनीहरूले ती कानुन रद्द गरिनुपर्ने माग राखेर आन्दोलन जारी राखेका हुन्।

    प्रहरीले केही चरणको वार्तापछि किसानले गणतन्त्र दिवसका कार्यक्रमलाई असर नपर्ने गर्री याली गर्न दिन सहमति जनाएको थियो।
    दिल्ली प्रवेशको छ नाकाबाट किसान सहर प्रवेश गर्ने भए पनि मूल बाटो बन्द गरेर प्रहरीले किसानलाई बाहिरी बाटो प्रयोग गर्न भनेको थियो। तर सिन्घु, टिकरी र गाजीपुरमा प्रहरी अवरोध तोडेर किसानहरू अगाडि बढेका छन्।

    उनीहरूले कृषिलाई खुला बजारमा लग्ने कानुनको विरोध गरिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend