काठमाडौं माघ १३ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्द थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिकोे बैठकले एक विज्ञप्ति जारी गर्दै थप कार्यक्रमको घोषणा गरेको हो ।
काङ्ग्रेसका भातृ संगठनहरुले माघ १९ गते ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने, माघ २४ गते शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लाहरुमा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने, फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने बताइएको छ ।
यसका अलवा बैठकले माघ १२ गते नागरिक आन्दोलनमाथि सरकारले गरेको दमनप्रति निन्दा र भत्र्सना गर्नुकासाथै संसारको दोस्रो अग्लो हिमाल ‘के टु’ को सफल आरोहण गर्ने आरोही निर्मल पुर्जा सहित दश नेपाली युवाको टोलीलाई बधाइ ज्ञापन पनि गरेको छ ।