गलकोट (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन र जलविद्युत् क्षेत्रमा हुने लगानीले राष्ट्रलाई समृद्धिको मार्गमा उन्मुख गराउने बताएका छन् ।
बागलुङ बजारमा इला होटल तथा रिसोर्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आइएमई ग्रुपका अध्यक्षसमेत रहेका उनले स्वदेशमा लगानी प्रोत्साहन तथा रोजगारी सृजनालाई प्राथमिकता दिएर आफू त्यसमा निरन्तर लागिरहेको बताए ।
अध्यक्ष ढकालको ३० करोड रुपैयाँको लगानीमा उक्त पूर्वाधार निर्माण भएको हो ।
त्यस अवसरमा सांसदहरू दीपक गिरि, जीवन परियार, बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेललगायत वक्ताले बागलुङ बजारमा निर्मित सुविधासम्पन्न पूर्वाधारका माध्यमबाट स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्न सहज हुने बताए ।
प्रतिक्रिया दिनुहोस