२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

इप्पान र प्रोक्लाइम इन्डियाबीच कार्बन उत्सर्जन कम गरेबापत हाइड्रोपावरले पाउने रकम भित्र्याउन सम्झौता

शनिवार , माघ १९, २०८१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र प्रोक्लाइम इन्डियाबिच कार्बन व्यापार सम्झौता भएको छ । काठमाडौँमा एक कार्यक्रम गर्दै दुवै संस्थाबीच कार्बन इमिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताबारे जानकारी दिँदै इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले नेपालको हाइड्रोपावरको क्षेत्रमा कार्बन उत्सर्जन कम गरेबापत पाउने रकम भित्र्याउन सम्झौता गरिएको बताए । उनले प्रोक्लाइम इन्डियामार्फत इप्पानमा एउटा डेस्क नै स्थापना गरी यसबारेमा आफ्ना सदस्यहरूलाई कार्बन क्रेडिटबाट पाउने रकम उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको उल्लेख गरे ।

कार्बन उत्सर्जन गर्नेहरूले तिरेको रकम कार्बन उत्सर्जन कम गर्न वा जोगाएबापत नेपालका हाइड्रोपावरहरूले पनि लाभ पाउने गरी इप्पानले प्रक्रिया अघि बढाउने उनको भनाई थियो ।

उनले भने– ‘यो कार्बन इमिसनसम्बन्धी कार्यक्रम हो । संसारमा चर्चा र परिचर्चा बढी भएको छ । नेपालमा पनि त्यस्तै चर्चा छ । विशेष गरेर हाइड्रो पावरमा हामीले यो ल्याउन सकेका छैनौँ । यो ल्याउने विषयमा हामीले इप्पान र प्रोक्लाइमबिच एमओयू गरेका छौँ । प्रोक्लाइममार्फत इप्पानमा एउटा डेस्क नै राखेर हाम्रा मेम्बरहरुलाई कार्बन क्रेडिटको पाउने पैसा जुन छ, त्यो पाउने पैसा ल्याउनका लागि प्रयत्न गरेका हौँ ।’

उनले भने– ‘हाम्रो सदस्यहरूलाई हामीमार्फत त्यो दिलाउन हामीले प्रयत्न गर्दछौँ । जसले कार्बन उत्सर्जन गर्दछ, कार्बन उत्सर्जन गरेबापत त्यसले पैसा तिर्दछ । त्यो पैसा हामीले कार्बन उत्सर्जन गर्न जोगाए बापत हामीले लिने हो । त्यो पैसा देशमा आउँदा राज्य, हामी सबैलाई फाइदा हुने भयो । नेपालमा पनि हाइड्रो पावरहरूले इमिसन कार्बन घटाएको छ, कार्बन घटाएको हिसाबले पैसा ल्याउन हामी प्रयत्न गर्ने हो । त्यो पैसा आउँदा हामी सबैलाई फाइदा हुन्छ ।’

उनले २०१६ जनवरी १ देखि पछाडि उत्पादन भएका जलविद्युत आयोजनाहरूलाई रकम आउन सक्ने बताए । आयोजना निर्माणपछि कार्बन उत्सर्जन कम गराएका आयोजनाहरूले रकम पाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट