भारतीय क्रिकेट टिमका पुर्व कप्तान तथा कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुली छातीमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका छन् ।
मंगलबार रातिदेखि उनको छाती दुख्ने समस्या हुन थालेपछि बुधबार बिहान महानगरको इस्टर्न बाइपासस्थित एक निजी अस्पतालमा भर्ना गरिएको हो । उनको उपचारमा खटिएका चिकित्सकका अनुसार सौरभको अवस्था स्थिर छ ।
केहि समय अघि पनि अचानक बेहोस हुने, छातीमा गम्भीर दुखाई हुने जस्ता समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनका तीन धमनीमा अवरोध रहेको पत्ता लागेको थियो । धमनीको अवरोध हटाउन स्टन्ट राखिएको उनलाई हल्का हृदयघात भएको चिकित्सकले बताएका थिए । एजेन्सी