काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्नु प्रचण्डले भैंसी पूजा गर्नुभन्दा स्वभाविक भएको बताएका छन् ।
बिहीबार बिहान फेसबुकमार्फत उनले प्रधानमन्त्री ओलीले पशुपतिमा खिचाएको तस्बिर र प्रचण्डले भैंसी पूजा गरेको तस्बिर राखेर पशुपतिनाथमा पूजाआजा गरेजस्तो भैंसी पूजा स्वभाविक मानिँदैन भनेका छन्।
प्रधानमन्त्री ओलीले गत माघ १२ गते बिहान पशुपतिनाथ मन्दिर पुगेर संकल्प पूजा गरेका थिए। प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको विषय सर्वत्र प्रशंसा भएको पनि सल्लाहकार थापाले उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले पशुपतिमा गरेको पूजाको विषयलाई लिएर चर्चा भइरहेको छ । कम्युनिष्ट प्रधानमन्त्रीहरूले प्राय: पशुपतिनाथ पुगेर पूजाआजा गरेका थिएनन्। सोही विषयलाई तीन दिन पछि उनका सल्लाहकार थापाले सामाजिक सञ्जाल मार्फत प्रष्ट्याउन खोजेका छन् ।