images

यसरी बस्न सकिन्छ सहज तरीकाले व्रत

यसरी बस्न सकिन्छ सहज तरीकाले व्रत

  • माघ १५, २०७७ बिहिवार १०:४० बजे
  • 1.0K
    SHARES
  • काठमाडौं । आज पुष शुक्ल पूर्णिमा, आजदेखि हिन्दु धर्मावलम्वीहरुले माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक स्वस्थानी व्रत एवं माघस्नान गर्ने चलन रहेको छ । श्री स्वस्थानीको व्रत बसेमा आँटेको कुरा पुग्ने धार्मिक विश्वास रही आएको छ । व्रत बस्नुको धार्मिक विश्वास त छँदै छ, यसले हाम्रो शरीरलाई पनि कसरी फाइदा गर्छ र कसरी सही तरीकाले व्रत बस्ने भन्ने चर्चा गर्छौँ । 

    images
    images

    बाँच्नको लागि जसरी खानाको आवश्यकता पर्दछ, त्यसरी नै शरीरको आन्तरिक शुद्धीकरणको लागि उपवास अर्थात् व्रत बस्नु आवश्यक हुन्छ । एक दिन, एक हप्ता वा एक महिनासम्म पनि उपवास गर्ने प्रचलन रहेको छ । धार्मिक आस्था मात्र राखेर पनि उपवास बसेको पाइन्छ । तर स्वस्थ रहनको लागि पनि उपवास बस्नु आवश्यक देखिन्छ ।

    उपवास वा व्रत कसरी बस्ने ?
    उपवास बस्ने तर नुन मात्र नखाई अन्य खानेकुराहरु टन्न खानु फाइदाजनक मानिँदैन । यस्तो उपवासले पेट सफा भन्दा फोहोर बनाउने गर्दछ । उपवासले पेटलाई आराम दिन्छ । आन्द्राहरुलाई स्वस्थ राख्छ । पाचनप्रणालीलाई सक्रिय बनाउँदछ । पेट र दिमागको सिधा सम्बन्ध हुने भएकाले उपवास बस्दा बुद्धि तीक्ष्ण हुने र व्यक्तित्वमा निखार ल्याउने गर्दछ । 

    व्रत बस्दा दिनभरी भोकै बस्नु पर्छ भन्ने होइन । उपवास बस्दा भोकको महशुस नहुने गरेर बस्नु आवश्यक हुन्छ । हप्ताको एक दिन व्रत बस्नु राम्रो मानिन्छ ।

    हप्ताकाे एक दिन मनतातो पानी मात्र पियर उपवास बस्नु उत्तम हुन्छ । त्यस्तै बिहान कागती पानी र मह मिलाएर पिउनु उत्तम हुन्छ ।

    त्यस्तै काँचो नरिवलको पानी, लौकाको तरकारीको रस, स्याउ, सुन्तला, अनार, उखु आदीको रस पियर पनि उपवास बस्न सकिन्छ । तर एक पटकमा एक गिलास भन्दा धेरै जुस पिउनु हुँदैन । जुस पिउँदा कम्तीमा पनि २ घण्टाको अन्तर हुनु आवश्यक हन्छ ।

    त्यस्तै बिहान फलफूलको रस पिउने, दिउँसो काँचो सलादहरु खाने र बेलुका पुन फलफूलको रस पियर पनि व्रत बस्न सकिन्छ । हप्ताको एक दिन व्रत बसेर शरीरलाई आरामम दिँदा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । 

    images
  • सम्बन्धित विषय:

  • # व्रत
  • # उपवास

  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images