काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शन हालसम्मकै विशाल बनाउने बताएकाे छ । यसका लागि कार्ययोजना पनि तयार भएकाे केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।
नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्याउनेमा जोड दिएको छ । pic.twitter.com/U17cFd00zX
— Bishnu Rijal (@bishnurijal1) January 28, 2021
पार्टी कार्यालय पेरिसडाँडामा बसेको संघर्ष समितिको सचिवालय बैठकले ओलीले चाल्ने जुनसुकै कदमको पनि प्रतिवाद गर्ने निर्णय गरेकाे हाे । संघर्ष समितिको सचिवालय बैठकले हालसम्मका आन्दोलनका कार्यक्रमबारे समीक्षा गरी संसद विघटन गर्ने ओलीको कदमविरुद्ध देशब्यापी जागरण पैदा भएकाे निष्कर्ष निकालेको छ ।
गत १२ गतेकाे स्थायी कमिटीकाे बैठकले तेस्रो चरणको संघर्षका कार्यक्रम घाेषणा गरेकाे थियाे । संघर्षकाे कार्यक्रम अन्तर्गत याे समूहले काठमाडौं लगायत बुटवल, विराटनगर र धनगढीमा पनि जनसभाको आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्ड-नेपाल दुवै समूह एक अर्काविरुद्ध शक्ति प्रदर्शनमा उत्रिरहेका छन् ।