सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

‘पाथिभरा केबुलकारलाई लिएर ग्लोबल आइएमई बैंकमाथि प्रहार गलत’

‘पाथिभरा केबुलकारलाई लिएर ग्लोबल आइएमई बैंकमाथि प्रहार गलत’

काठमाडौं । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पाथिभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आइएमई बैंकमाथि प्रहार गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन् ‘कसैको उक्साहटमा त्यस्ता उच्छ्रिङखल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ३ अर्ब रुपैयाँ बढी लगानी गरेर पाथिभरामा केबुलकार परियोजना बनाउन सुरु गरेका छन् । पाथिभरामा बनाउन लागेको केबुलकार परियोजना रोक्न धर्म र संस्कृतिको नाममा ताप्लेजुङका केही पहिचानवादी लागेका छन् । यही माघ ८ गतेदेखि केबुलकार संरचना बनाउन काम सुरु भएपछि पहिचानवादीहरु ‘नो केबुलकार’ भन्दै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुको तारो केबुलकार मात्र नभइ ग्लोबल आइएमई बैंक पनि भएको छ । अहिले कोशी प्रदेशमा ग्लोबल आइएमई बैंकमा खाता नखोल्न, बैंकबाट पैसा निकाल्ने उर्दी जारी गरिएको छ । बैंक डुब्यो भनेर गलत हल्ला गरिएको छ । जबकि, बैंकमा ढकाल मात्र नभइ सर्वसाधारणको ठूलो लगानी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend