काठमाडाैं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावको तयारीका लागि निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी नहुने जानकारी गराएकाे छ ।
आयोगले शुक्रबार साढे ११ बजेका लागि नेकपाको दुवै समूहलाई छलफलका लागि बोलाएको थियाे ।
छलफलमा सहभागी नहुने जानकारी गराइएकाे पत्रमा प्रचण्ड माधव समूहका अध्यक्ष आफैँ उपस्थित हुन चाहेकाे र अध्यक्षहरु उपत्यका बाहिर राजनैतिक काममा व्यस्त भएका कारण छलफलमा सहभागी हुन नसक्ने उल्लेख गरिएकाे छ ।
आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखि निर्वाचन तयारीसम्बन्धी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा छलफलका लागि दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच /पाँच जना व्यक्तिलाई बोलाएकाे थियाे ।