आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड, कसले कति पाए ? 

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड, कसले कति पाए ? 

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले जनाएकाे छ । मागअनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँड गरिएको हो । 

यसमा कुल १४ लाख ८१ हजार २ सय ८४ जनाले आवेदन दिएकामा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ । यस्तै, ६० देखि २ लाख कित्तासम्म माग गर्ने सबैलाई ५० कित्ताका दरले कुल ५ करोड ९७ लाख २०० कित्ता सेयर बाँडफाँड भएको छ ।

बैंकले गएकाे माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend