काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको दुरुपयोग गरेको बताएका छन् । काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै नेता थापाले प्रधानमन्त्री ओलीले संसद मात्र नभएर संविधान नै विघटन गरेको भन्दै नेता थापाले संविधान जोगाउन कांग्रेसले आन्दोलन गरिरहेकाे बताए ।
प्रधानमन्त्री ओलीलाई नेपाली जनताले ‘अधिकार खोस्ने शासक’ का रुपमा वर्षौसम्म चिनिरहने थापाले बताए । थापाले भने ‘जनतालाई अपमान गर्ने प्रधानमन्त्री ओलीको नाम अधिकार खोस्ने शासकको रुपमा लेखिनेछ । जनताले खराब शासकका रुपमा ओलीलाई चिन्नेछन् ।’
उनले पहिले संसद ब्युँतिने र केपी शर्मा ओलीलाई कारबाही गरेपछि अनि चुनाव हुने बताए ‘पहिले संसद ब्यूतन्छ । त्यसपछिसंविधान विपरीत काम गर्नेहरुलाई संसदले तह लगाउँछ । त्यसपछि चुनाव हुन्छ’ थापाले भने ।
थापाले रामशाहपथबाट परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्ने कांग्रेस कायर भएको टिप्पणी पनि गरेका छन् ।