logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • ४६ हजार बढीले लगाए काेरोना भाइरसविरुद्धको खोप 

    ४६ हजार बढीले लगाए काेरोना भाइरसविरुद्धको खोप 

    2.1K
    Shares

    काठमाडाैं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको तेस्राे दिन शुक्रवारसम्म ४६ हजार एक सय ९७ जनाले खोप लगाएका छन् । ७७ जिल्लाका एक सय ६९ वटा खोप केन्द्रबाट खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

    अभियानको पहिलो दिन ६४ जिल्लामा खोप लगाइएकामा शुक्रवार ७७ वटै जिल्लामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार तेस्रो दिन शुक्रवारसम्म प्रदेश १ मा सात हजार तीन सय ६९ जनाले खोप लगाए भने प्रदेश २ मा चार हजार ६ सय ५० र वाग्मतीमा १५ हजार ६ सय ४१ जनाले खाेप लगाएका छन् ।

    त्यस्तै गण्डकीमा सात हजार एक सय ५३, लुम्बिनीमा चार हजार ६ सय ३५, कर्णालीमा २९ सय ६६ र सूदूरपश्चिममा तीन हजार सात सय ८३ जनाले खोप लगाएका छन् ।

    खोप लगाएका केही व्यक्तिमा सामान्य असर देखिएको भए पनि उनीहरूमा केही समयमा असर हराएको र जटिल खालको असर अहिलेसम्म नदेखिएको प्रवक्ता गौतमले बताए । आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारको योजना रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend