logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • देश अब ओलीमय बन्ने उर्जामन्त्री रायमाझीकाे दाबी 

    देश अब ओलीमय बन्ने उर्जामन्त्री रायमाझीकाे दाबी 

    3.4K
    Shares

    काठमाडाैं । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले देश अब केपि ओलीमय हुने दाबी गरेका छन् । अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रियताको रक्षा, विकास र समृद्धिको लागि ओलीले खेलेको भूमिकाका कारण ओलीको छवि बढेर गएको बताए । 

    उनले प्रचण्डले आफैँ  ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरे पनि बीचमै हटाउन खोज्नु सरासर गलत भएको बताए । ‘ओली जीले दोस्रो पटक मृगौला प्रत्यारोपण गरि निको भएर फर्किपछि प्रचण्ड अताल्लिनुभयाे’ उनले भने, ‘प्रचण्ड आफैँले गरेको प्रस्तावको विपक्षमा उभिनुभयो ।’ उनले प्रचण्डले प्रधानमन्त्री र माधव नेपालले पार्टी अध्यक्ष बन्न हतार गरेकै कारण पार्टी विभाजनको स्थितिमा पुगेको भन्दै ओलीको कुनै दोष नरहेको पनि बताए । 

    ‘प्रधानमन्त्रीले दीर्घकालीन योजनाका साथ विकास र समृद्धिको कार्यलाई अघि बढाइरहनुभयो, निकै राम्रा कामहरु भए’ उनले भने, ‘प्रतिपक्षले बिरोध नगरि बसे पनि पार्टी भित्रकै केही  नेताहरु सरकारलाई असफल बनाउन योजनावद्ध रुपमा लागे ।’ ओली हटाउने हस्ताक्षर क्याम्पेनको सबै भन्दा पहिले बिरोध गर्ने व्यक्ति आफू रहेकाे जानकारी गराउँदै उनले थपे, ‘पार्टी भित्रैबाटै प्रधानमन्त्रीलाई कामै गर्न  नदिई असफल बनाउन खोज्नले दुर्भाग्यपूर्ण अवस्था सिर्जना गर्‍याे ।’

    उनले प्रचण्ड– माधव समूहले ओलीविरुद्ध झुठा र कृत्रिम आरोपहरु लगाउनुले पार्टी विभाजन गर्न चाहेको प्रष्ट भएको टिप्पणी गरे । मन्त्री रायमाझीले माधवको अध्यक्ष बन्ने सपनालाई  निर्वाचन आयोगले चकनाचुर पारिदिएको भन्दै निर्वाचन आयोगको फैसलाले प्रचण्ड– माधव समूह संकटमा परेको जिकिर गरे । ‘निर्वाचन आयोगले पार्टी फुटको मान्यता नदिएपछि उहाँहरु अहिले  संकटमा हुनुहुन्छ’ उनले भने । उनले ओली अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टी नै वैधानिक भएको दावी गरे ।

    उनले पूर्व माओवादी समूहका नेताहरु ओली समूहमा लाग्नुलाई स्वभाविक रुपमा हेर्नुपर्ने भन्दै आफूहरुलाई माओवादी ‘लिगेसी’ छाडे भन्नुले कुनै अर्थ नराख्ने बताए । 

    मन्त्री रायमाझीले ओलीले नेतृत्व गरेको पार्टी अबको निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित हुने भन्दै निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए । उनले आफू अघिल्लो पटक उर्जा मन्त्री हुँदा बनेको ९९ बुँदे कार्ययोजनाका कारण लोडसेडिङको  अन्त्य संभव भएको भन्दै मन्त्रालयले अघि सारेका नयाँ योजनाहरु छिट्टै सार्वजनिक गर्ने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend