काठमाडाैं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा मात्रै नभएर सडकमा पनि ओली एक तिहाइमात्रै भएको बताएका छन् ।
प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोध सभा सम्बोधनका क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
‘सुदूरपश्चिम प्रदेशमा सभा गरेपछि ओली अलि बढी घमण्डी बनेर हिँड्नु भएको थियो’ उनले भने, ‘आजको तपाईंहरुको यो उपस्थितिले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको छ, तपाईंहरुले सडकमा पनि ओली एकतिहाइ मात्रै हो भन्ने पुष्टि गरिदिनु भयो ।’
पार्टीमा कमजोर भए पनि सडकमा बलियो छु भन्ने ओलीलाई बुटवल, विराटनगर र धनगढीकाे सभाले फुच्चे सावित गरिदिएको उनको दाबी थियो ।
प्रचण्डले अर्का अध्यक्ष माधव नेपालसँग आफ्नो पञ्चायतकालदेखि नै सहकार्य भएकाे पनि बताएका छन् । चुनावमा आफूले सारेका योजना कार्यान्वयन गर्न आग्रह गर्दा ओलीले संसद नै विघटन गरेको पनि दाहालकाे आरोप थियाे ।