logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • फेरिएकाे ओलीकाे बाेली : तीन महिनामा हाेइन सन् २०२१ भित्र सबै नेपालीले खाेप पाउने

    फेरिएकाे ओलीकाे बाेली : तीन महिनामा हाेइन सन् २०२१ भित्र सबै नेपालीले खाेप पाउने

    3.6K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् ।

    गत माघ १४ माघमा कोभिड-१९ विरुद्ध खोप अभियान सुरु भएपछि खोप अभियान सुभारम्भमा प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप दिने बताएका थिए ।

    शनिबार चितवनमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले खोपबारे बोली फेरे । अबको तीन महिनाभित्र फ्रन्ट लाइनमा बसेर काम गरिरहेकाहरुका लागि तीन महिनामा खोप दिने र बाँकी नागरिकका लागि २०२१ भित्र खोप लगाइने उनले बताए ।

    ‘२०२१ भित्र सबै नेपालीलाई खाेप लगाएर कोभिड-१९ लाई नेपालबाट भगाउँछौँ, बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं ’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend