logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • मणी थापाले श्री ५ को सरकारका तर्फबाट धन्यवाद दिएपछि… 

    मणी थापाले श्री ५ को सरकारका तर्फबाट धन्यवाद दिएपछि… 

    3.8K
    Shares

    जनयुद्धकालिन संर्घषका मोर्चा र बलिदानबाट कहिल्यै अलग र फरक नभएका भनिएका वर्तमान खानेपानी मन्त्री तथा नेकपा स्थायी समिती सदस्य मणी थापाले आम जनसमुदायलाई श्री ५ को सरकारको तर्फबाट धन्यवाद दिएका छन् । 

    सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘…म सम्मान गर्न चाहान्छु, जो मञ्चमा आसिन हुनहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितीको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट…’ । हाल ओलीको प्रवृती राजा महाराजाको जस्तो भएको भनेर बारम्बार टिप्पणी हुँदै आइरहेको छ । यस्तो परिवेशमा उनले ओली सरकारलाई श्री ५ को सरकार भन्नुले ओली सरकारको वास्तविकताप्रति झन् धेरै शंका उब्जाएको छ । 

    मणी थापालाई ओलीले प्रतिनिधिसभा विघटन गरेपछि खानेपानी मन्त्री बनाएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend