मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

‘पाथीभरामा केबलकार बनेपछि २० करोड जनसंख्या ताप्लेजुङसँग जोडिन्छ, यो सानो कुरा होइन’

‘पाथीभरामा केबलकार बनेपछि २० करोड जनसंख्या ताप्लेजुङसँग जोडिन्छ, यो सानो कुरा होइन’

पाथीभरा केबलकारको विषयलाई लिएर अहिले द्वन्द्व देखिएको छ । यो परिस्थितिमा उठेका केही मुद्दाहरुको बारेमा केन्द्रीत रहेर मेरो विश्लेषण रहनेछ । त्यहाँका लिम्बु समुदायहरुले पाथिभरा मुक्कुमलुङ भनेर कुरा उठाउनु भयो ।

मुक्कुमलुङसम्म केबलकार लिएर जाँदा लिम्बुको पहिचानमा बाधा पर्ने भनेर एउटा मुद्दा उठेको छ । संसारमा स्थान विशेषहरु, जाति, धर्म, सँस्कृतिसँग जोडिएका हुन्छन्, यो सत्य हो र, पूर्वी नेपालको पहिचानको भनेर त्यहाँको सर्वप्राचीन आदिवासी भनेर किँरातहरुलाई नै लिनुपर्छ, यो अर्को सत्य हो ।

जतिबेला प्रदेश नम्बर १ को नाम ठूलो संख्याबलका साथ कोशी प्रदेश गरिँदै थियो, त्यसमा विशेषतः आफूलाई हिन्दु राष्ट्रवादी भन्ने कोणबाट पनि त्यसको समर्थन गरिएको थियो । हिन्दु राष्ट्रियता र हिन्दु पहिचानमा संलग्न मान्छेहरुले पनि कोशी नाममा समर्थन जनाएका थिए ।

आफूलाई कन्जरभेटिभ पनि भन्ने, सम्वद्र्धनवादी पनि भन्ने । त्यसै कोणबाट हेर्ने हो भने म एउटा थिएँ जसले कोशी नाममा विरोध जनाएको थिएँ । सभ्यता सबैभन्दा जेठो हो र सभ्यताको पहिचान भन्दा महत्वपूर्ण कुरा यसरी नामाकरणहरुमा, कानूनी संहिताहरु बनाउँदा सभ्यताको पहिचानलाई मध्यनजर गरेर बनाउनु पर्छ । कोशी जसरी नामाकरण भयो त्यो भन्दा पुरानो किराँत जाति र सभ्यता हो ।

त्यसकारण कोशीभन्दा बढी किराँत सभ्यतालाई प्रतिनिधित्व गर्ने हिसाबले त्यो भूखण्डको नामाकरण हुनुपर्छ भन्ने पात्र मध्येको म एक थिएँ । त्यसकारण यसपाली मुक्कुमलुङ वा पाथीभरालाई लिएर जुन पहिचानको विषय उठिराखेको छ, यसमा म केही विषयहरु राख्न चाहन्छु ।

म जे कुरा राख्दैछु, त्यसलाई उहाँहरुले ठन्डा दिमागले सोच्नुहोला भन्ने अनुरोध पनि गर्न चाहन्छु । म आफू पनि लिम्बुवानमा हुर्किएको मानिस हुँ र मेरो किशोर र युवा अवस्थामा पनि लिम्बुवानमा धान नाचेर बितेको हो ।

सैद्धान्तिक पाटोबाट हेर्ने हो भने यस्ता पहिचानात्मक स्थानहरुलाई निज समुदायको पहुँचमा राखेर एक किसिमको आइसोलेसन वा कम मानिसहरुको पहुँच पुग्ने गरी राखिन्छ कि त्यसलाई अझै व्यापक बनाएर त्यो सभ्यता र पहिचानलाई नजान्ने मानिसहरुको पनि पहुँच पुग्ने गरेर उनीहरुको मस्तिष्कमा त्यो सभ्यताको ज्ञान स्थापित हुने गरी त्यस्ता पहिचानात्मक स्थानहरुको विकास गरिन्छ । संसारको यस्ता स्थानहरुको बारेमा यहाँ विश्लेषण गरौँ ।

पश्चिमबाट सुरु गर्दा क्रिश्चियनहरुको पहिचानात्मक स्थानहरु छन् । रोमन क्याथोलिकहरुको भ्याटिकनसिटी, त्यसपछि जेरुसेलम र बेथलम । जेरुसेलम यहुदीहरुको पनि पहिचानात्मक स्थल हो । धर्म विस्तारको चरणको पहिचानात्मक स्थल जेरुसलम अलस्कम मस्जिदको कारणले इस्लामहरुको पनि हो ।

त्यस्तै इस्लामहरुको पहिचानात्मक स्थान भनेको मक्का र मदिना हो । इस्लाममै सियाहरुको अर्को पहिचानात्मक स्थान भनेको कर्बला हो । यस्ता अन्य धेरै छन्, ती सबै स्थानहरुमा संसारको अधिकतम ‘कनेक्टिभिटी’ स्थापित गरेर पर्यटन प्रवद्र्धन गरिएको छ ।

दक्षिण एसियामा हेर्ने हो भने भारतमा धेरै किसिमका जातजाति छन् । हिन्दुअन्तर्गत सनातन संस्कृतिमा पनि धेरै किसिमका पहिचानहरु छन् । ती सबैमा सुवर्ण मन्दिर शिखहरुको पहिचानात्मक स्थान हो भने गुरुद्वार पनि हो । हिन्दुहरुका पनि अन्य धेरै ठाउँ छन् ।

बुद्धिष्टहरुको बोधगयादेखि लिएर सारनाथ र लुम्बिनी छन् । ती सबै ठाउँमा अधिकतम मान्छेहरु पुगुन् र त्यो सम्प्रदायमा विश्वास नगर्ने मान्छेहरुको पनि सूचनामा यो पहिचान होस् भनेर नै भौतिक पूर्वाधारहरु विकास गरिएको छ । त्यसकारण यदि मुक्कुमलुङ किराँतको पहिचानको एक स्थल हो भने यसलाई संसारभर फैल्याउनुपर्छ र मानिसहरु धेरै भन्दा धेरै त्यहाँ जाने स्थिति निर्माण हुनुपर्छ ।

एउटा भौतिक पूर्वाधार चाहे कम्पनीले होस् वा सरकारले निर्माण गर्दा हल्लिने खालको किराँत वा लिम्बुहरुको पहिचान छ भन्ने मलाई लाग्दैन । रेकर्डेड हिसाबले हेर्ने हो भने पनि पाँच हजार वर्षको त किराँत पहिचान छ । मैले यहाँ रेकर्डेड किन भनेको हो भने महाभारतको ज्योतिष विज्ञान अध्ययन गर्दा पाँच हजार एक सय वर्ष पुरानो देखिन्छ । त्यसैले कसैले ढुंगा खै माटो खै भनेर नसोधे हुन्छ । राजाहरुको बंशावलीले पनि त्यो प्रमाणित गर्छ ।

एउटा भौतिक पूर्वाधार चाहे कम्पनीले होस् वा सरकारले निर्माण गर्दा हल्लिने खालको किराँत वा लिम्बुहरुको पहिचान छ भन्ने मलाई लाग्दैन । रेकर्डेड हिसाबले हेर्ने हो भने पनि पाँच हजार वर्षको त किराँत पहिचान छ । मैले यहाँ रेकर्डेड किन भनेको हो भने महाभारतको ज्योतिष विज्ञान अध्ययन गर्दा पाँच हजार एक सय वर्ष पुरानो देखिन्छ । त्यसैले कसैले ढुंगा खै माटो खै भनेर नसोधे हुन्छ । राजाहरुको बंशावलीले पनि त्यो प्रमाणित गर्छ ।

पाथीभरामा कुनै एउटा पूर्वाधार तयार हुँदा किराँत जस्तो समृद्ध सभ्यतामा प्रश्न राख्छ, चरमराउँछ भन्ने मलाई विश्वास छैन । हो, किराँत सभ्यताको पहिचान प्रदेश १ को नामाकरणमा नभएको भने पक्कै हो । तर, किराँतहरुको बाहुल्य भएका क्षेत्रका धार्मिक साँस्कृतिक ठाउँहरुमा कनेक्टिभिटी विकास, पूर्वाधार विकास गरेर सम्पूर्ण विश्वको ध्यानाकर्षण हुने र उनीहरुले भ्रमण गर्ने स्थिति निर्माण हुने भनेको किराँत सभ्यताका लागि गर्वको विषय हो ।

तर, किन यस्तो दुर्भाग्यपूर्ण घटना घटिराखेका छन् ? यसमा कम्पनीको तर्फबाट व्यवस्थापकीय कमजोरी भयो, कुरा बुझाउन सकिएन । सरकारको तर्फबाट व्यवस्थापकीय कमजोरी भयो अथवा नेपालको समृद्धि विकास र सहअस्थित्वमा आधारित समाजलाई एकदमै ठूलो किसिमले व्यवधान निर्माण गरेर यसमा बिचलन ल्याएर कुनै प्रकारको स्वार्थपूर्ति गर्न सुसुप्त किसिमले जालझेल वा षड्यन्त्र भइराखेको छ भन्ने बुझ्न सकेको छैन, आँकलनकै विषय मात्रै हो ।

मैले केबलकार निर्मातालाई समर्थन गरेको जस्तो पनि लाग्यो होला तपाईलाई, तर त्यो होइन । उनीहरुबाट कमजोरी भयो भने त्यसलाई सुधार गर्नुपर्छ ।

अर्को महत्वपूर्ण पाटो आर्थिक हो । यस्ता पहिचानात्मक स्थानहरुले अर्थतन्त्रमा कस्तो परिस्थिति निर्माण गरेका छन् ? भारतको विभिन्न धामहरु छन् । भर्खरै मात्र चलिराखेको छ, महाकुम्भ । त्यसको आर्थिक पाटो कस्तो रह्यो ? अमृतसरको स्वर्ण मन्दिरको आर्थिक पाटो कस्तो रह्यो ? झारखण्डमा बैधनाथ धाम र त्रिकुट पर्वत छ, त्यसको आर्थिक पाटो कस्तो हुन्छ ? उत्तराखण्डको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा त तीर्थयात्राको सबैभन्दा ठूलो योगदान छ ।

ती सबै ठाउँहरुको स्थितिले के देखाउँछ भने धार्मिक स्थल र पहिचानात्मक स्थलहरुले स्थानीय जनताहरुलाई आर्थिक रुपले सम्पन्न बनाउँदो रहेछ । यहाँ गंगोत्रीको उदाहरण दिँऊ, गंगोत्रीसम्म बाटो पुगेको छ । गंगोत्री जाँदा हर्षिल उपत्यका भन्छ, त्यसलाई स्याउ भ्याली पनि भनिन्छ । त्यहाँको स्याउले मात्र त्यहाँको किसानहरुको जीवनमा ठूलो परिवर्तन ल्याएको छ ।

त्यहाँ स्थानीय स्तरमा होटलहरुले यति धेरै रोजगारी सिर्जना गरेका छन् कि त्यहाँका मान्छेहरुले मात्र नपुगेर पश्चिम नेपालका मान्छेहरु गएर रोजगारी प्राप्त गरिराखेका छन् । जनसंख्यामा त नेपाल पनि समस्या नै छ । यसको आर्थिक पाटो हेर्दा के देखिन्छ भने जो पूर्वाधार निर्माता कम्पनी हो, त्यो कम्पनीले केबलकारमा आउने जानेको भाडा कति हो त्यति लिने हो ।

फेरि उसले नाफा खाने भन्ने कुरा आउला । त्यसैले नाफाको विज्ञान पनि बुझ्नु जरुरी छ । जुन देशमा किसान र व्यवसायी, व्यापारी र उद्यमीहरु राम्रो नाफामा हुन्छन् त्यो देशको उत्पादकत्व राम्रो हुन्छ र त्यो देशमा कर पनि राम्रो उठ्छ । देशमा कर राम्रो उठेपछि गरिब, निमुखा, जसको व्यवसाय छैनन्, जसलाई उपचार गर्ने खर्च हुँदैन, जसको छोराछोरी पढाउन उनीहरुसँग सम्पत्ति हुँदैन तिनीहरुका छोराछोरी पढाउने शिक्षकहरुले राम्रो तलब पाउँछन् ।

छोराछोरी पढ्ने स्कुलको पूर्वाधार राम्रो बन्छ । सामाजिक सुरक्षा भत्ता बढ्छ । सरकारले लिनुपर्ने धेरै दायित्वहरु ग्रहण गर्न सक्छ । त्यसैले कर निर्माण र मुलुकमा उद्यमी व्यवसायी, किसान नाफामा हुनु अति नै अनिवार्य छ । जुन देशले, जुन समाजले किसान र उद्योगपतिको नाफालाई स्वीकार गरेर तद्अनुरुपको सामाजिक व्यवहार गर्छ, सरकारले पनि त्यसै अनुसारको नीति र विधि बनाउँछ, त्यो देशहरु आबद भएका छन् ।

जस्तो चीन, जापान, दक्षिण कोरिया, अमेरिका, क्यानडा, अष्ट्रेलिया र अहिले आएर भारत, यी देशहरुमा त्यो स्थिति छ । जहाँ नाफा र व्यवसाय प्रति घृणा भाव र घृणा चिन्तन समाजमा स्थापित हुन्छ, किसानहरु बेवास्तमा पर्दछन् । व्यापारी र उद्योगपतिको नाफासँग किसानहरुको पनि जीवन जोडिएको हुन्छ ।

केबलकार निर्माण गर्ने कम्पनीले नाफा गरे पनि, घाटा गरेपनि, ऋण तिर्न नसकेर जेल गए पनि, त्यो जोखिम लिएबापत केबलकारको भाडा मात्र लिने हो । तर, त्यहाँ मान्छे कहाँबाट आउँछ ? पहिले जनसंख्या हेर्नुस्, नेपालको जम्मा अढाई करोड जनसंख्या हो, पूर्वमा कति छ, पश्चिमबाट कति आउलान् ? यसमा पनि धेरै साँस्कृतिक अतिक्रमण भएको छ ।

साँस्कृतिक अतिक्रमणमा परेका मान्छेहरु त्यहाँ नपुग्लान् । उनीहरुलाई दैवी स्थलहरुमा जानै भएन । साँस्कृतिक अतिक्रमण भएर पराय सँस्कृति अबलम्वन गरिसकेकाहरु त जाने कुरै भएन । अब बिहार, पश्चिम बंगाल र भारतको पूर्वत्तर राज्यहरुमा ३५ करोड जनसंख्या छ । त्यसको ७० प्रतिशत मात्रै पाथीभरालाई आस्थाको केन्द्र बनाउने जनसंख्या मान्ने हो भने २० करोडभन्दा माथिको जनसंख्या आउँछ । त्यो जनसंंख्यामा त्यसको बजारीकरण पाथीभराको पनि हुने होे ।

म एक नम्बर प्रदेश भन्छु, कोशी पनि भन्दिन, यो प्रदेशको समृद्धिको दुई वटा आधार हो । एउटा आधार, सभ्यता र सँस्कृतिले दिएको आधार । त्यो भनेको मुक्कुमलुङ अथवा पाथीभरा पनि हो । बराहा क्षेत्र पनि हो, अन्य पनि छन् । अर्को भनेको जलस्रोत र प्रकृतिले दिएको आधार । यी दुई वटाभन्दा तेस्रो ठाउँमा समृद्धि खोज्न सकिँदैन ।

अब साँस्कृतिक धरोहरलाई जति धेरै बजारसँग जोडियो, जसरी बैधनाथ बाबा धाम, द्वादश ज्योतिर्लिङ्ग, चार धाम नेपालसँग जोडिएका छन्, त्यसरी नेपालका पनि धामहरु भारतको ठूलो जनसंख्यासँग जोडियो भने त्यहाँबाट कति मान्छे आउँछन् ? त्यो जोड्नु पर्यो । यसरी जोड्दा त दुई वटा रुटबाट आउने हो । एउटा झापा, अर्को रुट भनेको चतराबाट ।

चतराबाट तल जाने हो भने बिहारको सुपौल मध्यपुरा आउँछ जुन ठूलो जनसंख्याको केन्द्र हो । त्यहाँबाट सिधै ५५/६० किलोमिटर हो चतरा । चतराबाट तमोर कोरिडर हुँदै सिधै पाथीभरा जान सकिन्छ । केबलकारले भाडा लिन्छ । बाटोमा हेनुस् त, मुलघाटमा होला, बुडी मोरङमा होला, याक्चानामा होला अथवा लाम बगरमा होला, त्यहाँ त होटल व्यवसाय, रिसोर्टहरु चल्ने अवस्था हुन्छ ।

किनकी मान्छेहरु एकैचोटी पुग्दैन, बाटोमा बस्छ । त्यसले कति व्यवसाय र आर्थिक रुपले स्थानीयहरुको कस्तो स्थिति होला ! कतिले जागिर पाउलान् ! कतिले दूध बेच्लान् ! कतिले साग र आलु बेच्लान् ! यसले जिडिपीमा कति योगदान गर्छ र स्थानीय रुपमा कति लाभान्वित होलान् ! सबै ठाउँको धार्मिक स्थलमा हेर्नुस् त स्थानीयहरु कति लाभान्वित भएका छन् । मुक्तिनाथले गर्दा जोमसोम र रानी पौवाका कति होटलहरु चलेका छन् र स्थानीय कति लाभान्वित भएका छन्, कतिले जागिर पाएका छन् ।

अर्को रुट झापाबाट पाथीभरा पुग्दा बाटामा कति होटल व्यवसायहरु चल्लान् ? अहिलेका जुन पूर्वाधारहरु छन्, अहिलेका जुन होटलहरु छन्, जुन होटलहरुको अहिलेको औसत स्ट्यान्डर छ, त्योभन्दा धेरै राम्रा होटलहरु बन्ने सम्भावना छ भने यही स्तरका पनि धेरै वटा होटलहरु निर्माण गर्नुपर्ने स्थिति गर्नुपर्छ ।

केबलकारले ताप्लेजुङमा ठूलो आर्थिक चक्र स्थापना गर्छ । यदि आर्थिक रुपले समृद्ध भइएन भने पहिचानको रुपले त तालिबान हुने हो अथवा यमन हुने हो । त्यसैले आर्थिक समृद्धि आजको युगको पहिलो सर्त हो । संसारमा सभ्यताका केन्द्रहरुलाई जनसंख्याबाट आइसोलेट गरेर दुर्गम स्थान बनाएर समृद्धि होइन त्यसमा धेरै मान्छेहरु जान सक्ने गरी पूर्वाधार विकास भएरै समृद्धिहरु आर्जन भएका छन्, संसारले देखाएको त्यहि हो ।

केबलकारले ताप्लेजुङमा ठूलो आर्थिक चक्र स्थापना गर्छ । यदि आर्थिक रुपले समृद्ध भइएन भने पहिचानको रुपले त तालिबान हुने हो अथवा यमन हुने हो । त्यसैले आर्थिक समृद्धि आजको युगको पहिलो सर्त हो । संसारमा सभ्यताका केन्द्रहरुलाई जनसंख्याबाट आइसोलेट गरेर दुर्गम स्थान बनाएर समृद्धि होइन त्यसमा धेरै मान्छेहरु जान सक्ने गरी पूर्वाधार विकास भएरै समृद्धिहरु आर्जन भएका छन्, संसारले देखाएको त्यहि हो ।

टाकुरामा छ कामाक्ष मन्द्रि, त्यहाँ पनि रोडबाटै जान सकिन्छ । यस्तो धेरै स्थानहरु छन् । त्यसकारण त्यहाँ पूर्वाधार विकास हुने हो भने २०/२५ करोड जनसंख्याको बजार ताप्लेजुङसँग जोडिन्छ, यो सानो कुरा होइन । संसारमा तीर्थयात्री र पर्यटकहरु ल्याउन अनेक किसिमका कृतिम वस्तुहरु बनाएका छन्, टाउको ठोकेका छन्, प्रचार गरिरहेका छन् । यहाँ त बनिबनाऊ चिजहरु छ ।

अब यसपछाडि भाँडिने अवस्था किन आयो ? यो भनिराख्न संकोच छैन कि हाम्रो समाज आवेगी हो । म त्यहि समाजको सदस्यको रुपमा मैले मेरै समाजको टिप्पणी गरिराखेको छु । आर्थिक क्रियाकलाप जति न्यून हुन्छ, गरिबी बढेर जाने हो । हजारौँ मान्छेहरु जान थालेपछि त्यहाँ सिजनल तरकारी मात्र कति बेच्थे होला नि त ! त्यो अवसर त प्राप्त नहुने भो । यसले भारतसँगको मात्र व्यापार घाटा कति घटाउँथ्यो होला अति भारतको पैसा कति आउँथ्यो होला ! भात खानुपर्यो, चिया खानु पर्यो, सुत्नु पर्यो, केबलकारलाई तिर्नुपर्यो, भेटी चढाउनु पर्यो ।

अब प्रचार जति गरेपछि बंगला, कोलकाताको मान्छे आएर त्यत्रो उकालो हिँड्ने कुरो पनि भएन । अर्को कुरा के हो भने तीर्थ यात्रा बुबाआमाले बढी गर्छन्, अब बुबाआमालाई लिएर जानसक्ने अवस्था नै रहेन । ढाकरमा बोकिनु पर्ने स्थिति आयो । यस्ता धेरै खालका समस्याहरु भए ।

यस्ता पूर्वाधारहरु नआएर जुन गरिबी बढ्दछ, त्यसको तीन वटा परिणाम हुन्छ । एउटा व्यापक रुपमा बसाईँसराई सुगम ठाउँ र अवसर प्राप्त हुने ठाउँमा । दोस्रो, गरिबी बढ्दै जाँदा व्यापक रुपमा साँस्कृतिक अतिक्रमण । तेस्रो, गरिबी बढ्दै जाँदा र बसाईँसराई गरेर त्यो ठाउँ निर्जन हुँदै जाँदा भू–राजनीतिक रुपले जुनलाई महत्व छ, त्यसको प्रभुत्व बढ्ने ।

यसको त बरु भारत सिलिगुढी तिरकाले यहाँको पैसा सबै उतै जाने भयो, पाथिभरा दार्जलिङतिर बनाउँ भनेर उनीहरुले विरोध गर्नुपर्ने, त्यो त आएको छैन । त्यसकारण जुन प्रकारको आवेग हाम्रो समाजमा स्थापित भएको छ, यसलाई पुनःअवलोकन र पुन: मूल्यांकन गर्नका लागि सबैलाई अनुरोध गर्दछु । त्यो आवेगलाई अनुमोदन गर्ने समाचार सम्प्रेषण र अझै आवेगी भएर राजनीतिक नेतृत्व अगाडि बढ्छ भने देशलाई दुर्घटनाबाट बचाउन कसैले सक्दैन ।

अर्को भनेको, केदारनाथ, बैष्णुदेवी लगायतको ठाउँमा केबलकार किन नबनाएको भन्ने कुराहरु आए । कतिपय ठाउँहरुमा बनाएको पनि छ । जहाँसम्म केदारनाथ, बैष्णुदेवी र यमुनेत्रीको कुरा गरौँ । केदारनाथमा केबलकारको डिजाइन गर्ने कन्सल्ट्यान्टलाई म राम्ररी चिनजान छ, उनी मेरा मित्र हुन् ।

त्यहाँको समस्या के हो भने, केदारनाथ खुल्छ कति ? वैशाख १५ देखि बढीमा कात्तीकको पहिलो वा दोस्रो हप्तासम्म । यो बीचमा पानी पर्दा कति पटक बन्द हुन्छ ? हरेक बर्खायाममा बन्द हुने गर्दछ । औसतम् के देखियो भने वर्षको एक सय २० देखि एक सय ३० दिन मात्र केबलकार अपरेट गर्नुपर्ने अवस्था आए ।

केबलकारले एक दिनमा अधिकतम १४/१५ हजारसम्म मात्रै बोक्ने हो । त्यो अवस्थामा त्यहाँ केबलकार चलाएर, चार महिना चलाएर आठ महिना चुपलागेर बस्नुपर्यो भने के हुन्छ ? हुँदा केबलकारले धान्न नसक्ने मान्छे आउँछन्, नहुँदा एक जना पनि हुँदैन । यी विविध कारणले त्यहाँ केबलकार आर्थिक रुपमा संभाव्य देखिएन । यमुनोत्रीको पनि ठ्याक्कै यही हो समस्या ।

अब रह्यो बैष्णवदेवीको कुरा, माथि बाबा भैरवनाथमा त केबलकार छ नै । तलबाट अर्धकुमारीसम्म केबलकार लाने प्रयत्न गरेको हो । तर, त्यहाँ घोडावाला, पीँठ्युवाला र पाल्की बोक्नेहरुको ठूलो आन्दोलन भयो । हिँडेर जाँदा घोडाको लिदी यति फोहोर छ कि जाँदा जाँदै स्वास्थ्य बिग्रिन्छ । त्यो आन्दोलनको बाबजुद पनि बन्थ्यो होला ।

जम्मु कश्मिरमा सरकारका कारण लामो समयदेखि समस्या भयो । सरकार भए पनि यस्ता प्रकारका हिन्दु र श्रायनहरुलाई कस्तो प्रकारको प्राथमिकतामा राख्ने भन्ने आस्था नै भएन । जम्मु कश्मिर सरकारको वेवास्ता, सरकार नहुनु र घोडावाला, पीँठ्युवाला र पाल्कीवालाको व्यापक विरोध भएपछि त्यहाँ केबलकार नभएको हो । यस्ता आयोजनाहरुमा त्यसको सम्भाव्यता महत्वपूर्ण हुन जान्छ ।

वित्तिय सूचकहरुले नदिएको ठाउँमा कसैले पनि लगानी गर्दैन । सरकारले पनि गर्नु हुँदैन । अहिले ऋण बढ्यो भन्ने जति पनि आइरहेको छ, यस्तै ठाउँमा लगानी गरेर हो । हामीहरुले लगानी र नाफाको हिसाब नै नगरी कृष्णनगरसम्म चार लेनको रोड बनाइदियौँ । बुद्धिहीन, आवेगी विकासहरु गरिन्छ अनि राज्य डुब्ने हो । त्यसकारण आवेगलाई हामीले नियन्त्रण गरेर सोच्न जरुरी छ । भारतीयहरुले आवेगमा विकास गरेनन्, हामीहरुले आवेगमा पनि विकास गर्यौँ ।

वित्तिय सूचकहरुले नदिएको ठाउँमा कसैले पनि लगानी गर्दैन । सरकारले पनि गर्नु हुँदैन । अहिले ऋण बढ्यो भन्ने जति पनि आइरहेको छ, यस्तै ठाउँमा लगानी गरेर हो । हामीहरुले लगानी र नाफाको हिसाब नै नगरी कृष्णनगरसम्म चार लेनको रोड बनाइदियौँ । बुद्धिहीन, आवेगी विकासहरु गरिन्छ अनि राज्य डुब्ने हो । त्यसकारण आवेगलाई हामीले नियन्त्रण गरेर सोच्न जरुरी छ ।

आवेगमै आएको भए केदारनाथमा केबलकार बन्थ्यो होला तर त्यसको रिटर्न भएन, निजी क्षेत्रले गर्न चाहेन । सरकारले पनि लगानी गरेन । अर्को उदाहरण पनि म यहाँ प्रस्तुत गर्छु । चित्रकोट भनेको भगवान् राम वनबास बसेको ठाउँ हो । त्यो ठाउँमा लक्ष्मण पहाडी भन्ने छ । जहाँ एउटा पहाडको टाकुरामा भगवान् राम एउटा पहाडको टाकुरामा लक्ष्मण बसेका थिए । लक्ष्मण बसेको ठाउँमा केबलकार छ । त्यस्ता धेरै ठाउँहरुमा छन् ।

अहिले जुन स्थिति भइराखेको छ, त्यसले नेपालको सरकारी र गैर सरकारी स्तरबाट अगाडि बढ्ने पूर्वाधार परियोजनाहरु र अन्य औद्योगिक परियोजनाहरुमा ब्यापक नकारात्मक असर गर्छ । यो कुरा प्रेसले पनि विशेष नोटिस गर्नुपर्छ ।

सेवा, उद्योग र पूर्वाधारहरु सबै संकटमा छन् । यी सबैमा राम्रो परिस्थिति भयो भने प्रेस पनि राम्रो हुन्छ । त्यसकारण टिआरपीको पछाडि लागेर अथाव अमुक उद्योगपतिसँग कुनै प्रकारको असन्तुष्टि भयो भनेर समस्त देशको परिस्थितिलाई नै बिचलित बनाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend