logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • मन्दिरमा पुजा गर्नुभन्दा मागेरसमेत खान नसक्ने व्यक्तिलाई सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

    मन्दिरमा पुजा गर्नुभन्दा मागेरसमेत खान नसक्ने व्यक्तिलाई सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

    3.8K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्दिरमा पुजाआजा गर्नुभन्दा सडकमा मागेरसमेत खान नसक्ने व्यक्तिको दर्द बुझेर सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

    मानिसका चह-याइरहेका घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण धर्म र मानवीय कार्य भएको उनले बताएका हुन् । शनिबार मानवसेवा आश्रमले सञ्चालन गरेको मेचीमहाकाली सडक उद्धार अभियानको समापन समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । मुलुकमा उपदेश दिन धेरै भगवानका दुत भेटिने गरेको तर मानवसेवा आश्रमका युवाले जस्तो कसैले नगरेकाले उनीहरु साँच्चैका भगवानको दूत बनेर आएको प्रतिक्रिया प्रधानमन्त्रीले दिए ।

    गत पुस ७ गतेदेखि शुरु भएको मेचीमहाकाली सडक उद्धारका क्रममा आश्रमले ७०० भन्दा बढी व्यक्तिलाई सडकबाट उद्धार गरेको छ । उक्त कार्यक्रमको बालुवाटारमा प्रधानमन्त्री ओलीले नै शुभारम्भ गरेका थिए । ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारको राष्ट्रिय लक्ष्य पूरा गर्न आश्रमको अभियान महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    उनले दुःखका सबै कारण समाप्त पार्नुपर्छ भनेर शुरु गरिएको सरकारी अभियानमा बेसराको उद्धार र संरक्षण कार्यलाई एउटा महायज्ञको सङ्ज्ञा दिए । उनले महायज्ञको मण्डव भत्काउने तत्व पनि फेला पर्न सक्नेतर्फ सतर्क गराए । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल बनाउने महाअभियानमा अबरोध पु¥याउने तत्व देखिएको भन्दै त्यसप्रति चिन्ता प्रकट गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend