logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • आज ६८ औं विश्व कुष्ठरोग दिवस, निवारणमा अझै चुनौती

    आज ६८ औं विश्व कुष्ठरोग दिवस, निवारणमा अझै चुनौती

    2.9K
    Shares

    काठमाडौं । आज ६८ औं विश्व कुष्ठरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । सन् १९५४ देखि विश्वभर मनाउन थालिएको कुष्ठरोग दिवसका अवसरमा सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम हुँदै छ । 

    यस दिवस मनाउन थाले यता विश्वभर कुष्ठरोग निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभावमा कमी हुँदै आएको विश्वास गरिएको छ ।  यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको सङ्क्रमणले लाग्ने गर्छ । सङ्क्रमणको सुरुमा कुनै लक्षण देखा नपर्न पनि सक्छ ।

    विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारको लक्ष्यबमोजिक सन २०१० मा नेपालबाट कुष्ठरोग निवारण गर्ने भनिए पनि तराईका केही जिल्लामा कुष्ठरोग  चुनौतीका रुपमा रहेको छ । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । तर, कुष्ठरोग निवारणको घोषणा भए पनि नयाँ बिरामी देखिन थालेकाले चुनौती थपिएको छ ।

    नेपालमा हरेका वर्ष ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिने गरेको सरकारी तथ्याङ्क छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend