
काठमाडौं । सरकारले तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी एसजेभीएन लिमिटेडलाई दिएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मेवारी भारतको कम्पनीलाई दिएको हो ।
सार्वजनिक-निजी साझेदारी अवधारणाअन्तर्गत बिल्ड अन, अपरेट एण्ड ट्रान्सफर (बूट) मोडेलमा विकास गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीहरूको मूल्यांकन गरी भारतीय कम्पनीलाई दिने निर्णय गरेको लगानी बोर्डले जनाएकाे छ ।
कुल ६७९ मेगावाट उत्पादन क्षमता रहेको उक्त परियोजना प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामा रहेकाे छ । २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा सरकारले उक्त परियोजना लगानीकर्ताहरूसमक्ष प्रस्तुत गरेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend