logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई

    तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई

    4K
    Shares

    काठमाडौं । सरकारले तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी एसजेभीएन लिमिटेडलाई दिएको छ ।

    शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मेवारी भारतको कम्पनीलाई दिएको हो ।

    सार्वजनिक-निजी साझेदारी अवधारणाअन्तर्गत बिल्ड अन, अपरेट एण्ड ट्रान्सफर (बूट) मोडेलमा विकास गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीहरूको मूल्यांकन गरी भारतीय कम्पनीलाई दिने निर्णय गरेको लगानी बोर्डले जनाएकाे छ । 

    कुल ६७९ मेगावाट उत्पादन क्षमता रहेको उक्त परियोजना प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामा रहेकाे छ । २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा सरकारले उक्त परियोजना लगानीकर्ताहरूसमक्ष प्रस्तुत गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend