काठमाडौं । म्यानमारको सैन्य कू प्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विरोध जनाएका छन् । निर्वाचन निष्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय भएको उनको भनाई छ । ट्वीटरमार्फत सो घटनाको विश्वव्यापी विरोध जरुरी भएको उनले बताएका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी छ। निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय छ।’
रोहिङ्या समुदायमाथि सुकीको सत्ताले गरेको व्यवहार अमानवीय भए पनि लोकतन्त्रको विरुद्ध कोही लाग्न नहुने उनले बताएका छन्। उनले लेखेका छन्– ‘यद्यपि रोहिङ्या समुदायमाथि सु की सत्ताको व्यवहारको पुरानो घटना अमानवीय थियो तर मानवीयताको बाटो फेरि पनि लोकतन्त्रनै हो। हामी हरेक प्रतिगमन विरुद्ध छौं देशमा होस् या परदेशमा ।’
म्यानमारमा सेनाले आङ सान सुकी, राष्ट्रपति लगायत अन्य प्रजातान्त्रिक नेताहरुलाई गिरफ्तार गरेको छ ।
याे पनि
म्यानमारमा सैन्य कू : सुकीसहित शीर्ष नेताहरु पक्राउ, सञ्चार सेवा बन्द