एजेन्सी । म्यानमारका सेनाले देशलाई आफ्नो कब्जामा लिएको घोषणा गरेको छ । नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी लगायतको नेताहरुलाई गिरफ्तार गरेको केही घण्टापछि देश आफूहरुको कब्जामा रहेको सेनाले घोषणा गरेको हो ।
सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ। लामो समयदेखि सरकार र सेनाबीच भइरहेको तनावपछि सेनाले कू गरेको समाचार सार्वजनिक भएको थियो । बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी र मुख्य सहर यान्गुनका गल्लीहरूमा सेनाहरूको उपस्थिति देखिएको बताएका छन्।
गत नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले कुल मध्ये ८३ प्रतिशत सिट जितेको थियो। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाउँदै आएको थियो । नव निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक सोमबार बस्ने तयारी थियो । तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो। म्यानमारमा सन् २०११ मा सैनिक शासनको अन्त्य भएपछि भएको यो दोस्रो चुनाव हो।
म्यानमारमा सैन्य कू : सुकीसहित शीर्ष नेताहरु पक्राउ, सञ्चार सेवा बन्द
म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी : विश्वप्रकाश शर्मा