काठमाडाैं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध अदालतको अपहेलनाको मुद्दा दर्ता भएको छ। अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ ।
विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको जनाइएकाे छ । प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताएका थिए ।
यसअघि सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ ।
अदालतले लिखित जवाफसहित सात दिनभित्रमा उपस्थित हुन आदेश जारी गरिसकेकाे छ ।