
काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।
तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
सोमबार चाँदीको पनि मूल्य बढेको छ । आइतबार तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १४ सय रुपैयाँमा कारोबार भइरहेकाे छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend