logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रपतिकी छोरीलाई रामकुमारी झाँक्रीको प्रश्न : अझै पनि भावनाको कुरा गरेर फाइदा लिने ? 

    राष्ट्रपतिकी छोरीलाई रामकुमारी झाँक्रीको प्रश्न : अझै पनि भावनाको कुरा गरेर फाइदा लिने ? 

    2.1K
    Shares

    काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारीलाई प्रतिप्रश्न गरेकी छन् । आफ्नो आमाको रातो सारी र आफूहरुको बाल्यकाल फिर्ता ल्याउन भण्डारीले फेसबुक मार्फत स्टाटस लेखेर चुनौती दिएपछि नेतृ झाँक्रीले ‘अझै पनि भावनात्मक कुरा गरेर फाइदा लिने ?’ भनी प्रश्न गरेकी छन् । 

    उनले आफ्नो फेसबुकमा लखेकी छन् – हामी कलिला नानीहरू यो देशमा परिवर्तन र रूपान्तरणको लागि लडेका थियौं । सपना थियो–जनताको सुख र समृद्धि । त्यसका लागि राजनीतिक क्रान्ति सम्पन्न गर्नु थियो र आर्थिक क्रान्तिको लागि राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्नु थियो । हामी लड्यौं, क्रान्ति गर्यौ, यो व्यवस्था ल्यायौँ। तर यो व्यवस्थाको विरूद्ध संविधानको धज्जी उडाउने काम कसले गर्यो ? त्यसको विरूद्ध लड्नु हाम्रो कर्तब्य हो । प्रतिगामीको न लिंग हुन्छ, न लैंगिकता, न जात वा धर्म। लैंगिक संवेदनशीलता मलाई राम्रोसँग थाहा छ ।

    शासकमा  लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ । जब जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोजिन्छ नि, त्यो पनि डर लाग्दो अवसरवाद हो ।

    जवानी र विधवाको सवाल होइन यो । त्यसो त आज हामीले ल्याएको व्यवस्थाको धज्जी उडाउने महाराजा वा महारानीले हाम्रा सपना र हाम्रो बाल्यकाल फिर्ता गर्न सक्छन् ? अझै पनि भावनाको  कुरा गरेर फाइदा लिने ?  

    बाल्यकाल र आमाको जवानी फिर्ता माग्नेहरू विदेशी विश्वविद्यालय पढ्दै थिए, जतिबेला  हामी हजारौं–लाखौंको सपनाका लागि लड्दै थियौँ । आमा–बुबाको राजनीतिको ब्याज मिहिनेत बिना हामीले कति पुस्तासम्म तिर्दै जानुपर्ने हो ?

    याे पनि पढ्नुहाेस् । 

    रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छाेरी भन्छिन् : मेराे आमाकाे सिन्दूर र हाम्राे बाल्यकाल फर्काइदिनुस्, हामीसँग भएकाे नाफा लिएर जानुस्

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend