logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सूर्य चिह्नको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगे प्रचण्ड-नेपाल 

    सूर्य चिह्नको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगे प्रचण्ड-नेपाल 

    3.6K
    Shares

    काठमाडौं । पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न नेकपाको प्रचण्ड-नेपाल समूह मंगलबार निर्वाचन आयोग पुगेको छ । प्रचण्ड-नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको हो ।अध्यक्षद्वय नेपाल र दाहाल तथा वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु बिहान पौने १० बजेतिर आयोग पुगेका हुन् ।

    नेकपाको समूहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको हो । ४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ । उक्त पार्टीको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । 

    आयोगमा केपी ओलीलाई साधारणसदस्यसमेत नरहने गरी कारबाही गरेको र महासचिव विष्णू पौडेललाई पदबाट हटाएको जानकारीसमेत गराएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend