वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा तथा उनकी पत्नी मिसेल ओबामाको नक्कल गर्दे दुई बाल–बालिकाको फोटो सार्वजनिक भएको छ । रेले म्याडिसन ह्याम्टन तथा उसकी साथी जेडेन लोइले ओबामा दम्पतीले जनवरी २० मा भएको जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा लगाएको कपडाको दुरुस्त नक्कल गदैै तस्विर खिचाएका हुन् ।
मिसेल ओबामाले आफ्नो इन्स्टाग्राममा उक्त तस्विर राख्दै लेखेकी छन्, ‘रेले र जेडेन, तिमिहरुले बिल्कुल ठीक गर्याै ।’