logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • संसदीय सुनुवाइ नै नगरी संवैधानिक निकायमा नियुक्ति गर्ने तयारी

    संसदीय सुनुवाइ नै नगरी संवैधानिक निकायमा नियुक्ति गर्ने तयारी

    2K
    Shares

    काठमाडौं । सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूको नियुक्तिको तयारी थालेको छ । संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा संवैधानिक परिषद्को सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नियुिक्तका लागि पत्राचार गर्ने तयारी गरेको हो ।

    यो समाचार आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ । यसमा गत आइतबार सभामुख अग्निप्रसाद सापकोटाले पत्र पठाएर विमति राखिसकेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतलाई उदृत गर्दै कान्तिपुरले लेखेको छ, ‘४५ दिनमा अनुमोदन नभएमा नियुक्तिका लागि बाधा पर्दैन भन्ने कानुनी व्यवस्था छ । सिफारिस पत्राचार भएको मिति पुस ५ ले गणना गर्दा मंगलबार ४५ दिन कटिसकेको छ,’ , ‘सम्भवतः बुधबार वा बिहीबार परिषद्का सचिवसमेत रहेका मुख्यसचिवले नियुक्तिका लागि पत्राचार गर्नु हुनेछ । अनि राष्ट्रपति कार्यालयमा हुने समारोहमा शपथग्रहण गराई नियुक्त गर्ने योजना छ ।’

    सिफारिस भएका ४५ जना भनिए पनि परिषद्ले गत पुस ५ गते ३८ जनाको नाम संघीय संसद् सचिवालयमा पठाएको थियो । संविधानको धारा २९२ मा ‘संवैधानिक पदाधिकारीहरूको नियुक्तिअघि संसदीय सुनुवाइ हुने’ भन्ने व्यवस्था रहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend