
काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेकाे छ । बुधबारका लागि छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन प्रतितेला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको मूल्य प्रतिताेला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले घटेकाे छ । मंगलबार १३८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend