
काठमाडौं । नेपाल टेलिकमले आज स्थापनाको १७ औँ वर्ष पूरा गरेको छ । यस अवसरमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विभिन निकायहरु तथा शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गर्दै सहयात्राको अपेक्षा व्यक्त गरेका छन् । नेपाल टेलिकम नेपाल दूरसञ्चार कम्पनीको रूपमा २०६० माघ २२ गते दर्ता भएको थियो।
२०६४ फागुनमा सर्वसाधारणका लागि पनि शेयर बिक्री गर्न खुला गरेको यो कम्पनीमा हाल करिव ५,४०० कर्मचारी कार्यरत छन्। हरेक वर्ष माघ २२ गते नेपाल टेलिकमले आफ्नो बार्षिकोत्सव मनाउने गर्दछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend