logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • आज विश्व क्यान्सर दिवस : यस्ता छन् कारण र रोकथामका उपाय

    आज विश्व क्यान्सर दिवस : यस्ता छन् कारण र रोकथामका उपाय

    5.3K
    Shares

    काठमाडौं । घातक रोग भनेर चिनिने क्यासर नसर्ने रोग हो । यो रोगले सबै उमेर समुहको व्यक्तिको शरीरको जुनसुकै अंगमा प्रभावित पार्छ । क्यान्सरले शरीरमा भएको कोषिकाहरुलाई अनियन्त्रित तवरले वृद्धि गराउँछ  र अरु स्वस्थ कोशिकाहरुलाई पनि क्षति पुर्याउँछ । विश्व स्वास्थ्य संगठनको तयाङ्क अनुसार विश्वमा प्रत्येक वर्ष १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गर्छ । जसमध्ये करिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ ।

    क्यान्सरका कारण ज्यान गुमाएकामध्ये २२ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ । नेपालमा प्रतिवर्ष २६ हजार मानिसमा क्यान्सर लाग्ने गरेको बताइएको छ । तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ । हाल नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ । आज हामीले क्यान्सर रोग लाग्नुको कारण र रोकथामका उपायका बारेमा चर्चा गरेका छौँ । 
    क्यान्सर रोग लाग्नुका कारण
    – गलत खानपान र बद्लिदो जीवनशैली 
    – अखाद्य वस्तुको प्रयोग । जस्तैः किटनाशक औषधि र रसायनिक मलको प्रयोग भएको खानेकुरा, हानिकारक रंग मिसाइएको खानेकुरा, धैरै नुन भएको खानेकुरा, गालेको अचार आदि
    – वंशाणुगत कारण
    – धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन
    – हानिकारक रसायनिक तत्व, विकिरणको सम्पर्कमा रहनु
    – बच्चा धेरै जन्माउने वा कम उमेरमा बच्चा जन्माउनु
    – शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुनु
    – शरीरको कुनैपनि भागमा लगातार घर्षण भएमा त्यँहाको कोष तथा कोषिकामा असामन्य परिवर्तन भएर क्यान्सर हुन सक्छ ।
    रोकथामका उपाय
     – मोटोपन भएका व्यक्तिमा क्यान्सरको जोखिम धेरै रहने भएकाले तौल नियन्त्रण आवश्यक छ । त्यस्तै, दैनिक एक्सरसाइज रोकथामको प्रभावकारी उपाय हो ।
     – स्वस्थ खानपानमा ध्यान दिनुपर्छ । फाइबर, प्रोटिन, काब्र्रोहाइडेट पर्याप्त मात्रामा पाइने खाना मात्रा मिलाएर  खान आवश्यक छ ।
     – प्रभावित अंग र समस्या कुन चरणमा छ भन्ने आधारमा फरक– फरक ढंगले आन्द्राको क्यान्सरको उपचार हुने गर्छ ।

    – शल्यक्रियाको माध्यमबाट प्रभावित अंग निकालेर उपचार गरिन्छ । तर, क्यान्सर जटिल चरणमा पुगिसकेको अवस्थामा किमोथेरापीबाट उपचार गरिन्छ । 
    – ननक्युरेटिभ  स्टेजमा पुगिसकेपछि उपचार गर्न सकिँदैन । तर, रेडियोथेरापी, किमोथेरापी र शल्यक्रियाबाट समस्या नियन्त्रण गर्न सकिन्छ । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend