२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

भारतको भन्सार नीतिले नेपाली तेल उद्योग समस्यामा, केएल दुगड ग्रुपको व्यापार आधा घट्यो

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । भारत सरकारले प्रशोधित खाने तेलको भन्सारदर घटाएपछि यसको असर नेपाली उद्योगलाई परेको छ । यसको असर व्यवसायिक घरना केएल दुगड ग्रुपको खाने तेल व्यापार निरन्तर घट्दै गएको छ । ग्रुपको स्वास्तिक आयल इन्डष्ट्रिजले गत वर्ष ६ अर्ब २४ करोड ४० लाख रुपैयाँको मात्र खानेतेल व्यापार गरेको छ ।

सन् २०२२ मा उद्योगले १२ अर्ब ५१ करोड २० लाख रुपैयाँ बराबरको खानेतेल कारोबार गरेको थियो । दुई वर्षका बीचमा उद्योगको तेल व्यापार आधा घटेको सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।

दुई वर्षको अवधिमा स्वास्तिक आयलको तेल व्यापार ६ अर्ब २७ करोड रुपैयाँ घटेको छ । २०२३ मा उद्योगले ७ अर्ब २ करोड रुपैयाँको खानेतेल व्यापार गरेको थियो । भारतले प्रशोधित तेलमा आयात कर घटाएपछि नेपालबाट खाने तेल निर्यातमा कमी आउँदा उद्योगको व्यापारमा ह्रास आएको स्वास्तिकले जनाएको छ ।

भारतको कर नीति परिवर्तनले मलेसिया, इन्डोनेशिया, र अर्जेन्टिनाका जस्ता वैश्विक आपूर्तिकर्तासँग प्रतिस्पर्धा बढायो । ती मुलुकको खानेतेल उत्पादन लागत सस्तो हुँदा नेपाली उद्योगले मूल्यमा प्रतिस्पर्धा गर्न सकेको छैन । जसका कारण विदेशी कम्पनीहरुले भारतीय खरिदकर्ताहरूलाई सस्तो विकल्प दिएपछि भारतसँगको निर्यात घटाउनमा प्रेरित गरेको उद्योगले जनाएको छ ।

व्यापार घटेपछि स्वास्तिक आयलको इबिटा मार्जिन ऋणात्मक हुन पुगेको छ । उद्योगले प्रशोधित सनफ्लावर, पाम आयल, सोयाविन आयल, तोरीको तेल र वनस्पति घिउ प्रशोधन तथा बिक्री वितरण गर्दै आएको छ ।

कच्चा वस्तु र बैंकको ब्याजदरले गर्दा उत्पादन लागत बढेको उद्योगले जनाएको छ । उद्योगले नेदरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, सिङापुर, स्वीट्जरल्याण्ड, भारत, संयुक्त अरब इमिरेट्स र मलेशियाबाट कच्चा वस्तु आयात गर्दै आएको छ । व्यापार घटेपछि उद्योगको उत्पादन क्षमता २२ प्रतिशत मात्र उपयोग भएको छ ।

उद्योगले ९ अर्ब १४ करोड ५५ लाख रुपैयाँ बैंक ऋण रेटिङ गराएको छ । उद्योगको ऋण ए फोर रेटिङ स्कोर पाएको छ ।

ग्रुपले सन् १९८४ मा उद्योग स्थापना गरेको हो । कारखाना कोशीको राजधानी विराटनगरमा रहेको छ । उद्योगले वार्षिक १ लाख ३५ हजार टन सूर्यमुखी, पामआयल, सोयाविन र वनस्पति घिउको प्रशोधन गर्ने क्षमता रहेको छ ।

यस्तै उद्योगले वार्षिक १० हजार टन तोरीको तेल प्रशोधन क्षमता छ । उद्योगले नेपालमा स्वास्तिक, धारा, सनफ्लो, सुगम र विगुल ब्राण्डको तेल उत्पादन तथा बिक्री गर्दै आएको छ । उद्योगले भारतमा मोहन धारा र नौरिस ब्राण्डमा खानेतेल निर्यात गरिरहेका छ ।

ग्रुपको खाद्यन्नमा बलियो उपस्थिती रहेको छ । खाद्यन्नमा ग्रुपको १ सय ८० उत्पादन रहेका छन् । ग्रुपको खाद्यन्नका साथै जलविद्युत, सिमेन्ट र बैंकिङ क्षेत्रमा लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट