काठमाडौँ माघ २२ । प्रतिनिधिसभा विघटन लगत्तै विभाजित हुन पुगेको नेकपाले आ-आफ्नो तवरबाट शक्ति प्रदर्शन गर्दै आइरहेका छन् । यसै क्रममा माघ २३ गते गर्ने भनिएको, प्रधानमन्त्री केपी ओलीकै भाषमा ‘खास शक्ति प्रदर्शन’का लागि नारायणहिटीको आँगन रोजेका उनले त्यहाँका सडकका डिभाइडहरु पूर्णरुपमा झिक्न लगाएका हुन् ।
दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर बिहीबार हटाएर सडक खाली गरिएको छ । हटाइएका डिभाइडर नारायणहिटी दरबार संग्रहालयको पर्खालमा अड्याएर राखिएको छ । शक्ति प्रदर्शनका नाममा सडकमा वर्षौदेखि रहँदै आएका फलामका स्थायी डिभाइडरहरु निकालिएपछि सडकको संरचनालाई नै अब्यवस्थित गराएको भन्दै सरकारको यस कार्यको विरोध भएको छ ।
यसका अलवा, सरकारकै नेतृत्व गरेको पार्टीले शक्ति प्रदर्शनका लागि सडक रोजेको भनेर चौतर्फी आलोचनासमेत भइरहेको छ । यसअघि ओलीले बुधबार काठमाडौमा आफ्नो तस्विरसहित मोटरसाइकल र्यालीसमेत गरेका थिए । कतिपयले त्यसलाई ‘पञ्च र्याली’ तथा ‘शाही सवारी’को संज्ञा दिएका छन् ।
डिभाइडर निकालिएपछिको दरबारमार्गको सडक तस्विरमा हेर्नुहोस्:
तस्विरः रमेश केपी, सुनौलो नेपाल