logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित

    सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित

    2.6K
    Shares

    आबूधाबी । नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (युएई) को आबूधाबीमा जारी  टि -१० लिगमा दुई विकेट लिएका छन् । डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट लिए उनी आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ ।

    मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो । १२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो । नेपालका बलर सोमपाल कामीले खेलमा उत्कृष्ट खेल प्रदर्शन गरे। उनी एउटै ओभरमा दुई विकेट लिन सफल भएका हुन् ।

    कामीले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिएका हुन् । आफ्नो व्यक्तिगत पहिलो ओभरमा उनले मात्र दुई रन खर्चिए । गुप्ता ३५ रनमा तथा कलिमलाई २८ रनमा पेभेलियन फर्किए। कामीले दुई ओभरमा मात्र १० रन खर्चिएका हुन् । कामीले जारी टी १० लिगमा हालसम्म ६ खेलमा तीन विकेट लिइसकेका छन् ।

    युएईमा जारी टी १० लिगमा कामीका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलिरहेका छन्। खड्का टी १० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् । मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट उक्त प्रतियोगिता खेलिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend