logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ‘पुरानो घाउ’ले प्रसाइँलाई खुसी ल्याइदियो, ट्रेण्डिङमा उक्लिन सफल (भिडियो)

    ‘पुरानो घाउ’ले प्रसाइँलाई खुसी ल्याइदियो, ट्रेण्डिङमा उक्लिन सफल (भिडियो)

    3.7K
    Shares

    काठमाडौं । गीतकार चन्द्र प्रसाइँ ‘परिस्कृत’को शब्द रहेको गजल ‘पुरानो घाउ’ युट्युबको ट्रेण्डिङमा उक्लिन सफल भएको छ ।

    अञ्जु पन्तको स्वर र सन्तोष श्रेष्ठको संगीत रहेको ‘पुरानो घाउ’ रिलिज भएको २४ घण्टाभित्र युट्युबको ट्रेण्डिङमा उक्लिन सफल भएको हो । गजलका शब्द प्रसाइँले निकै भावुक र भावनात्मक छन् । प्रसाइँले गजल ‘पुरानो घाउ’ आफ्नो सिर्जनाहरूमध्ये सबैभन्दा उत्कृष्ट रहेको बताएका छन् ।

    ‘मेरो धेरै रचना छन्’, उनले भने, ‘पुरानो घाउ मेरो उत्कृष्ट रचनामध्ये अग्रस्थानमा पर्छ ।’ ईनाक्षी ईन्टरटेनमेन्टको युट्युब च्यानलमा बिहीबार रिलिज भएको ‘पुरानो घाउ’ले २४ घण्टाभित्रै ट्रेण्डिङमा ठाउँ बनाउन सफल भएको हो । शुक्रबार ५ बजेभित्र ‘पुनारो घाउ’ले ४९औँ नम्बरमा ठाउँ बनाएको छ । म्युजिक भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् । लामो समयपछि गजलले ट्रेण्डिङमा ठाउँ बनाउन पाएको श्रेष्ठले बताए । ‘गजलहरू ट्रेण्डिङमा परेको बिरलै छन्’, उनले भने, ‘पुरानो घाउ निकै उत्कृष्ट बनेको रहेछ भन्ने बल्ल हामीलाई लागेको छ ।

    ’ ‘पुनारो घाउ’ले ट्रेण्डिङमा ठाउँ बनाएपछि संगीतकार श्रेष्ठले स्रोता दर्शक र सञ्चारमाध्यमसहित सबै टिमलाई धन्यावाद दिएका छन् । निर्देशक पाण्डेले पनि टिमको कुशल प्रयास र दर्शक स्रोताहरूको मायाले ट्रेण्डिङमा पर्न सफल भएको बताए । ‘लोक दोहोरी, कमेडी भिडियो, भाइरल कुराहरूले ट्रेण्डिङलाई कब्जा गरेका बेला गजलले ठाउँ पाएको छ’, संगीतकार श्रेष्ठले भने, ‘राम्रो सिर्जना बनाउँदा दर्शक स्रोताको माया पाइँदो रहेछ । हामी खुसी छौँ ।’ निर्देशक पाण्डेले पनि ‘पुरानो घाउ’को टिम निकै खुसी भएको बताए ।

    ‘दर्शक, स्रोता, ईनाक्षी ईन्टरटेनमेन्ट, सञ्चारमाध्यम सबैप्रति आभारी छौँ’, पाण्डेले भने, ‘मोडलद्वय आकाश श्रेष्ठ र पूजा शर्माका साथै क्यामराम्यान, प्रोडक्सन म्यानेजर, सम्पादकलगायत सबैलाई धन्यावाद छ ।’ पाण्डेले पनि गजलले पाएको मायाले टिममा उत्साह थपिएको बताए । उनले म्युजिक भिडियो छायाँकनमा गरिएको मेहनतको फल पाएको बताए । गीतको एरेञ्जर विष्णु अधिकारी हुन् । रेकर्डिङ र मिक्सिङ विश्व अधिकारीले गरेका छन् । म्युजिक भिडियोको प्रोडक्शन म्यानेजर दीपेन गौतम रहेका छन् । छायाँकन उत्सव दाहाल र सम्पादन विकास दाहालले गरेका हुन् ।

    हेर्नुहोस भिडियो 👇


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend