कास्की । युवा साक्षरतादरमा गण्डकी प्रदेश सबैभन्दा अगाडि रहेको पाइएको छ । फ्याक्टस् रिसर्च एण्ड एनालिटिक्स नामक संस्थाले गरेको एक अध्ययनका अनुसार १५ देखि २४ वर्षसम्मको युवा साक्षरतामा सात प्रदेशमध्य गण्डकी प्रदेश अगाडि देखिएको हो । अध्ययन अनुसार गण्डकी प्रदेशमा ९५% युवाहरु साक्षर रहेको पाइएको छ ।
यसैगरि दाेस्रोमा बाग्मती प्रदेश (९३%) र तेस्रोमा प्रदेश नं. १ (९१%) रहेका छन् भने लुम्बिनी प्रदेश र सूदुरपश्चिम प्रदेशमा समान ८५% युवा साक्षर रहेको सो अध्ययनले पत्ता लगाएको छ ।
अध्ययन अनुसार कर्णाली प्रदेशमा ८२% युवाहरु साक्षर रहेको तथ्य छ ।
युवा साक्षरतादरमा प्रदेश नं. २ ६३% सहित सबैभन्दा पछाडि रहेको साे अध्ययनले जनाएकाे छ ।