बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडाैं । स्थानीय बजारमा साेमबार सुनकाे मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । छापावाला सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे छ । छापावाला सुन आइतबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा २०० रुपैयाँले घटेको छ । ९० हजार १५० रुपैयाँ मा आइतबार कारोवार भएको तेजाबी सुन साेमबार ८९ हजार ९५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । एक हजार ३१० रुपैयाँमा आइतबार कारोबार भएको चाँदी साेमबार तोलामा एक हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend