logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ताप्लेजुङको ओलाङचुङगोला केन्द्र भएर भूकम्प गयो

    ताप्लेजुङको ओलाङचुङगोला केन्द्र भएर भूकम्प गयो

    4.3K
    Shares

    काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ७ : ३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

    ओलाङचुङगोला चीनसँगको सिमाना हो । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताए। ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिए । घर हल्लिएपछि मान्छे घर बाहिर निस्केको तर कुनै क्षति नभएको लामाले जानकारी दिए ।

    यस अघि ताप्लेजुङ नै केन्द्रविन्दु भएर माघ २३ गते ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend