logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनचाँदीकाे मूल्यमा वृद्धि, कतिमा भइरहेकाे छ काराेबार ?

    सुनचाँदीकाे मूल्यमा वृद्धि, कतिमा भइरहेकाे छ काराेबार ?

    4.7K
    Shares

    काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५०० रूपैयाँले ‍बढेको छ ।

    साताको दोस्रो दिन सोमबार ९० हजार ४०० रूपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला ९१ हजार ९०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला ९१ हजार ४०० कायम भएको छ ।

    चाँदीको मूल्य पनि मंगलबार बढेको छ । सोमबार तोलामा १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार ३४० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend