महेन्द्रनगर । पूर्व सांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षको उमेरमा निधन भएको छ ।
केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै हृदयाघातका कारण मृत्यु भएको परिवारले बताएका छन् ।
वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीको शव महाकाली अस्पतालमा राखिएको बताएका छन् ।