logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अभिनेत्री वर्षा शिवाकाेटीकाे प्रश्न : र्‍यालीमा आएका मानिसले मेरा बहिनीहरुको लागि न्याय मागिदिए अर्की बहिनी बलात्कृत हुने थिइनन् कि ?

    अभिनेत्री वर्षा शिवाकाेटीकाे प्रश्न : र्‍यालीमा आएका मानिसले मेरा बहिनीहरुको लागि न्याय मागिदिए अर्की बहिनी बलात्कृत हुने थिइनन् कि ?

    4K
    Shares

    काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीले पछिल्लाे समय बलात्कारकाे घटना बढीरहेकाे र पीडितले न्याय नपाएकाे विषयलाई लिएर समाजिक संजाल फेसबुकमा एक पोष्ट लेखेकी छिन् । उनले नारीलाई भगवान मानेर पूज्ने देशमा निर्मला र सम्झनाजस्तै भागीरथीले पनि न्याय पाउँदिनन् त भनेर प्रश्न गरेकी छिन् । यती मात्रै नभएर उनले न्याय दिन नसकेको भन्दै न्यायपालिका र राज्यव्यवस्थामाथि समेत प्रश्न गरेकी छिन् ।

    उनी लेख्छिन्, ‘नारीलाई भगवान मानेर पूज्ने देशमा आज नारी स्वयं सुरक्षित छैनन् । निर्मला र सम्झनाजस्तै भागीरथीले पनि न्याय पाउँदिनन् त ?  के यति असक्षम छ हाम्रो न्यायपालिका ? के यति कमजाेर छ हाम्रो राज्य व्यवस्था ? एउटा अपराधिको पहिचन गरि सजाय दिन नसक्ने के गरीबका लागि न्याय त्यति महँगो भइसक्यो ? ’

    उनी थप्छिन्, ‘तिम्रो र्‍यालीमा आएका जति मानिसले मेरा बहिनीहरुको लागि न्याय मागिदिए फेरि अर्की बहिनी बलात्कृत हुन्न थिइन् कि ?  तिम्रो आन्दोलनको नारा यदी बलात्कार र बलात्कारीको विरूद्धमा लाग्ने गरेको भए, सायद मेरी बहिनीको बलात्कारीले सजाय पाउँथ्यो कि ? हामी केका लागि लड्दै छौँ , हाम्रो माग के हुनपर्ने हो , नारा के हुनपर्ने हो आफैँ विचार गरौँ ।’

    उनले अपराधीको मनोबल झन बलियो बन्दै गएको समेत बताएकी छिन्  । उनले थप लेखेकी छन् ‘पीडित अझै पीडामै छन् , जनताको सरकार र संविधानबाट भरोसा उठ्ने बेला भइसक्यो र देश झन झन अस्थिरतातर्फ जाँदैछ । कुर्सीको लडाइँ छोड, सत्यको लागि लड, जनाताको पक्षमा लड, जीत तिम्रै हुनेछ । न्याय दिन अझ विलम्ब नहोस् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend